क) शैक्षिक कार्यक्रमः हरेक शैक्षिक सत्रको सुरुमा नै हाम्रो विद्यालयको वार्षिक कार्यतालिका एवम दैनिक कार्य तालिका निर्माण गरि कार्यान्वयन गरिन्छ । भने नगरपालिकावाट निर्माण गरिने वार्षिक क्यालेन्डर अनुसार विद्यालयका पढाई र गतिविधीहरु तर्जुमा गरिन्छ । विद्यार्थीरुको शैक्षिक प्रगतिको बारेमा अभिभावक भेला गराई अभिभावकहरु लाई जानकारि गराइन्छ । शिक्षक कर्मचारि वैठक अन्तक्रिया छलफल गरी शैक्षिक उपलब्धी मूलक वनाउन सकिन्छ भनि छलफल गरिन्छ ।
ख) पाठ्यक्रमः विद्यालयको आफ्नै पाठ्यक्रम भने छैन नेपाल सरकारले तोके वमोजिम र यस नगरपालिकावाट निर्माण गरिएको पाठ्यक्रम स्थानिय हाम्रो पुर्नवास लागु गरिएको छ ।
ग) विशेष गतिविधीहरु: यस विद्यालयको वार्षिकउत्सव तथा अभिभावक दिवसका दिन विद्यालयमा विशेषका साथ भव्य रुपमा कार्यक्रम गरी मनाइन्छ । सो कार्यक्रममा यस क्षेत्रका अभिभावकहरु स्थानिय वुद्धिजिवी समाजसेवि शिक्षाप्रेमिहरुलाई आमन्त्रीत गरि विद्यालयको वार्षिक शैक्षिक आर्थिक प्रगतिको वारेमा जानकारि गराइन्छ र सल्लाह सुझावहरु संकलन गर्ने गरिएको छ । यसै अवसरमा आन्तरिक वा वाह्य अतिरिक्त कृयाकलाप गराई विजय प्राप्त गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम पनि गरिन्छ ।