हाम्रो यस पिछडिएको क्षेत्रमा अवस्थित रहेको विद्यालयमा पूर्नवास नगरपालिकाको कार्यालय मार्फत WEBSITE निर्माण गरिदिन लागेको हुँदा हामीलाई धेरै खुसि लागेको छ । यो WEBSITE विद्यालयले नै निर्माण गर्नु पर्ने हो तर विविध प्राविधिक कारणले तयार पार्न असमर्थ रहेको समयमा नगर पालिकाले नै निर्माण गरिदिँदा WEBSITE मार्फत विद्यार्थी शिक्षक र अविभावक सबैलाई यसले आधुनिक प्रविधिसँग जोडी नजिक बनाउने छ । यस विद्यालयलाई बिद्युतिय सञ्चार मार्फत विश्व परिवेशमा परिचीत गराउने मौका प्राप्त रहनेछ ।
यस Website ले विद्यालयको वर्तमान स्थितिको अवस्था अवगत गराउने छ भन्ने मैले विश्वास लिएको छु । याे कार्यक्रमबाट पुनर्वास नगरपालिकाले आफ्नो आर्थिक र प्राविधिक लगानिमा शुरुवात गरेकोमा आदरणीय नगर प्रमुख तोयप्रसाद शर्मा ज्यू, उप प्रमुख भूलिया कुमारी राना ज्यू , प्रशासकीय प्रमुख तिलक प्रसाद रिजाल ज्यू, शिक्षाशाखा प्रमुख शिवराज भट्ट ज्यू लगायत यस WEBSITE निर्माणमा खटिने सम्पूर्ण व्यक्तीत्व ज्यूहरुमा म र मेरो विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।
यस कार्यले यस नगर पालिकाको शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने छ भन्ने विश्वास लिएको छु । विद्यार्थी, शिक्षक र अभिभावकले उत्सुकता पूर्वक हेरीरहेको यो सानो WEBSITE भए पनि यसले विश्व परिवेशको सुचना आदान प्रदान गर्न मद्दत गर्नेछ । अन्त्यमा यस नगरपालिकाले गरेको यो कार्य अति नै सराहनीय भएको हुदा यो WEBSITE निर्माण गर्न लागेकोमा यस पुर्नवास नगरपालिकाको कार्यालयलाई हार्दिक धन्यवाद प्रकट गर्दछु ।